Homeमुख्य समाचार

मनाङका बाढीपीडित भन्छन्, ‘राजा आछ गाछ जनता दिनभर भोको भाछ’

मनाङका बाढीपीडित भन्छन्, ‘राजा आछ गाछ जनता दिनभर भोको भाछ’

काठमाडाै- गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीका कारण गाउँ नै डुबानमा परी बगर बनेपछि गाउँमाथिको डाँडामा त्रिपालको भरमा बस्दै आएका नासो गाउँपालिका

सङ्क्रमण फैलिन नदिन भक्तपुरका सार्वजनिकस्थलमा कडाइ सुरु
रवि लामिछानेले छाडे न्युज २४, के राजनितीमा आउलान?
बुवाको मुख हेर्ने दिन, आफ्ना बाबुलाई मन पर्ने मिठाई खुवाई मनाइदै

काठमाडाै- गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीका कारण गाउँ नै डुबानमा परी बगर बनेपछि गाउँमाथिको डाँडामा त्रिपालको भरमा बस्दै आएका नासो गाउँपालिका–१ ताल गाउँका बासिन्दा पुनर्वासको पर्खाइमा छन् । ताल गाउँको मात्रै ५९ घर विस्तापित भएको छ ।

त्रिपालको भरमा बसेका स्थानीयहरुको पुनर्वासको त कुरै छोडौँ, राहतका लागि आकाशमा उडेको हेलिकोप्टर देख्दा स्थानीयलाई ‘आकाशको फल, आँखा तरि मर’ भन्ने जस्तै भएको छ ।

दुई दिनअघि मात्र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, उर्जामन्त्री पम्फा भुसाललगायको टोली स्थलगत अध्ययनका लागि मनाङ पुगेको थियो तर उक्त टोली पनि ताल गाउँ पुग्न सकेन ।

आफ्नो पीडा सुनाउन पर्खेर बसेर बाढीपीडित तालबासीलाई नेताहरुको टोलीले निराश बनाइदिएको नासोँ–१ का वडाध्यक्ष झलकबहादुर गुरुङले बताए । स्थानीय सिंहबहादुर गुरुङ गुनासो गर्दै भन्छन्, ‘राजा आछ गाछ जनता दिनभर भोको भाछ’ भन्ने नेपाली उखानको याद पो झल्झली दिलाएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0