Homeविश्व

अफगानिस्तानबाट हालसम्म ८६० जना नेपालीको उद्धार

अफगानिस्तानबाट हालसम्म ८६० जना नेपालीको उद्धार

काठमाडौँ – अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरि स्वदेश फर्काउने क्रमजारी रहेको जनाउँदै सरकारले त्यहाँबाट बिहीबार राति दुई र शुक्रबार एकजन

नयाँ अन्तरिक्ष स्टेशनमा राख्न चीनले पठायो तीन अन्तरिक्षयात्री
बन्द भएको अस्ट्रेलिया खुल्यो, जापान बाँकी
युनियन लाइफको आईपीओ बिक्री खुला, कति दिने आवेदन?

काठमाडौँ – अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरि स्वदेश फर्काउने क्रमजारी रहेको जनाउँदै सरकारले त्यहाँबाट बिहीबार राति दुई र शुक्रबार एकजना काठमाडौँ आइपुगेको बताएको छ ।

काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकालाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वयभइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि उक्त मन्त्रालयले बताएको छ ।

अफगानिस्तानबाट हालसम्म ८६० जनाको उद्धार गरिएको र ती सबै स्वदेश आइसकेका पनि मन्त्रालयले आजअपराह्न प्रेस विज्ञप्ति निकालेर जनाएको छ । आगमन पछि उनीहरूलाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार प्रक्रिया पूरा गरि व्यवस्थापन गरिएको छ ।

अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवाविभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’ तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको ‘सिचुएशन रुम’ र नयाँदिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरिएको छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0