Homeविजनेश

तेह्रथुम पावरको आईपीओ बाँडफाँट, कसरी हेर्ने रिजल्ट?

तेह्रथुम पावरको आईपीओ बाँडफाँट, कसरी हेर्ने रिजल्ट?

काठमाडाै- तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा सो शेयर बाँडफाँट भएको हो।क्यापिटलक

राष्ट्र उत्थान लघुवित्तको आईपीओ खुल्याे, कति दिने आवेदन?
बैंकलाई छाडेर अरूलाई ब्रोकर लाइसेन्स दिइँदै
कुलमान घिसिङ दोस्रो कार्यकालमा प्रवेशले जलस्रोतको शेयर बजार उकालो लाग्ला?

काठमाडाै- तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा सो शेयर बाँडफाँट भएको हो।

क्यापिटलका अनुसार योग्य आवेदकहरुमध्ये ७४ हजार ४०० जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ। कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो।

कम्पनीले बिक्रीमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणमा बाँडफाँट गरेको हो।

कम्पनीको आईपीओमा २३ लाख ५५ हजार ४४७ आवेदकले कुल २ करोड ७८ हजार ४०० कित्ता शेयरका लागि आवेदन दिएका थिए। सोमध्ये २३ लाख ४६ हजार ६२७ आवेदकको आवेदन स्वीकृत भएको छ भने ८ हजार ८२० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ। स्थानियलाई ४ करोड रुपैयाँ र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ ।

आईपीकाे रिजल्ट हेर्न www.iporesult.cdsc.com.np गएर चेक गर्न सकिन्छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0