Homeस्वस्थ्य

अहिले सम्म कतिले लगाए पूर्ण खोप?

अहिले सम्म कतिले लगाए पूर्ण खोप?

काठमाडाै- नेपालमा करिब ७९ लाख नागरिकलाई कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडे

देशभर खोप लगाउनेको सङ्ख्या १ करोड नाघ्यो
सङ्क्रमण दर वृद्धि भएपछि कोरोना सङ्क्रमण न्यून गर्न जुट्यो सरकार
भीड धेरै भएपछि खोप केन्द्र थप

काठमाडाै- नेपालमा करिब ७९ लाख नागरिकलाई कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ७८ लाख ९० हजार ३७५ रहेको छ ।

त्यस्तै पहिलो मात्रा लगाउनेको सङ्ख्या ६२ लाख ६२ हजार ७८० पुगेको छ । पूर्ण मात्रा खोप लगाउने र पहिलो मात्रा मात्र लगाउने गरी एक करोड ४१ लाख ५३ हजार १५५ जनामा कोरोनाविरुद्धको खोप लगाइएको जनाइएको छ ।

प्रवक्ता पौडेलका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाउनेको सङ्ख्या २६ लाख ३६ हजार ८२३ पुगेको छ । यस्तै कोभिसिल्डको दुवै मात्रा लगाउनेको सङ्ख्या १४ लाख ८८ हजार ४३५ पुगेको छ । यस्तै भेरोसेल खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या ३६ लाख २५ हजार ९५७ पुगेको छ ।

भेरोसेलको पूर्ण मात्रा लगाउनेको सङ्ख्या २८ लाख २३ हजार ६८३ पुगेको छ । यस्तै जोन्सन एन्ड जोन्सनको पूर्ण खोप लगाउनेको सङ्ख्या १४ लाख ४० हजार ७३५ पुगेको छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0