Homeसूचना-प्रविधि

टेलिकमद्वारा दसैँ अफर जारी, २९४ मा २० जीवी डाटा

टेलिकमद्वारा दसैँ अफर जारी, २९४ मा २० जीवी डाटा

काठमाडौँ - नेपाल टेलिकमले चाडपर्वका अवसरमा मंगलबारदेखि विभिन्न डाटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको ‘फेस्टिबल अफर’ उपलब्ध गराउने भएको छ।

सफ्टवेअरमा बग खोज्ने ह्याकरहरू कसरी कमाउँछन् ?
अब ह्वाट्सएप बिनाफोन चलाउन मिल्ने
अब दैनिक २ लाख रुपैयाँसम्म मोवाइल बैंकिङ कारोबार गर्न पाइने

काठमाडौँ – नेपाल टेलिकमले चाडपर्वका अवसरमा मंगलबारदेखि विभिन्न डाटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको ‘फेस्टिबल अफर’ उपलब्ध गराउने भएको छ।

उक्त अफर कात्तिक २ गतेसम्म जारी रहने प्रवक्ता राजेश जोशीले जानकारी दिए। यसैगरी, तिहार, न्हुँदया र छठका अवसरमा यी अफर कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुनेछन्।

डाटा प्याकअन्तर्गत २९४ मा २० जीवी डाटा १० दिनभित्र र ९८ मा ६ जीवी डाटा तीन दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ।

यसैगरी, एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ मा उपलब्ध हुनेछ। भ्वाइस सेवाअन्तर्गत २५ मा १ दिन २४ घण्टा प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, ४० मा तीन दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र ५०० मा ३५ दिनसम्म प्रयोग गर्न सकिने एक हजार ३०० मिनेटको प्याक उपलब्ध हुनेछ। यी प्याक जुनसुकै समय प्रयोग गर्न सकिन्छ।

यसैगरी, अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रूपमा डाटा प्याक उपलब्ध गराइने र २०० देखि ४९९ सम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र ५०० भन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुने प्रवक्ता जोशीको भनाइ छ।

उल्लिखित प्याकेज प्राप्त गर्न ग्राहकले १४१५ डायल गर्नुपर्छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ। त्यसैगरी, कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत पनि यससम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिनेछ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:1