काठमाडाै- प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत प्रस्थान गरेकाे छ । देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल स्कटल्यान्डको ग्लास्गोमा हुन
काठमाडाै- प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत प्रस्थान गरेकाे छ । देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन उक्त टोली बेलायत प्रस्थान गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर कात्तिक १२ गते बिहान १० : ४० बजे कतार एयरको उडानबाट लन्डन प्रस्थान गरेका हुन् । पाँचौँ पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो ।
अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म ग्लास्गो सहरमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन हुनेछ । सम्मेलनमा भाग लिएपछि उनी कात्तिक १८ गते कतार एयरकै उडानबाट स्वदेश आउने कार्यक्रम तय भएको छ ।
COMMENTS