HomeUncategorized

जनगणना टोली छाङरु र तिङ्करतर्फ

जनगणना टोली छाङरु र तिङ्करतर्फ

काठमाडाै- दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिङ्करको जनगणनाका लागि जनगणना टोली शुक्रबार नेपाली बाटो हुँदै व्यासतर्फ खटिएको छ । टोली शनिबार व

सबै परिणाम नआउँदै सत्ता गठबन्धनमा खटपट
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
के हाे निर्वाचन आयोग र सरकारबीचकाे द्वन्द्व?

काठमाडाै- दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिङ्करको जनगणनाका लागि जनगणना टोली शुक्रबार नेपाली बाटो हुँदै व्यासतर्फ खटिएको छ । टोली शनिबार व्यास गाउँपालिका–२ दुम्लिङमा बास बसेर अगाडि बढेको हो । टोली आइतबार बेलुका वा सोमबार बिहानसम्म कार्यस्थलमा पुग्नेछ ।

छाङरु र तिङ्कर गाउँमा ११५, एउटा सशस्त्र प्रहरी र अर्को नेपाल प्रहरीको आवास गरी कुल ११६ घरपरिवार छन् । छाङरु र तिङ्करको जनगणना गर्न गणकलाई भारतले बाटो प्रयोग गर्न अनुमति नदिएपछि उनीहरू नेपाली भूमि हुँदै जोखिमपूर्ण बाटो प्रयोग गरेर त्यसतर्फ गएका जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले बताए ।नेपाली भूमि हुँदै छाङरु र तिङ्कर गाउँसम्म पुग्न कम्तीमा तीन दिन लाग्छ । भारतीय भूमि हुँदै सडकमार्ग प्रयोग गरेर एकै दिनमा समेत पुग्न सकिने स्थानीयवासी बताउँछन् ।

सजिलो बाटो र छिटो पुगिने भन्दै नेपालले भारतसँग बाटो प्रयोग गर्न अनुमति मागेको थियो । तर, भारतीय प्रशासनले अनुमति नदिएपछि नेपाली टोली जोखिम मोलेरै नेपाली बाटो हुँदै त्यसतर्फ गएको हो । जनगणनाको पहिलो चरणमा घरपरिवार सूचीकरण गर्न भने नेपाली टोली भारतीय भूमि हुँदै छाङरु र तिङ्कर पुगेको थियो ।

पाण्डेले भने, ‘‘गणक राजेन्द्र कार्की, सहायक जनगणना अधिकारी खगेन्द्र कार्की र कार्यालय सहयोगी लोकेन्द्र टेर खलङ्गाबाट छाङरु र तिङ्करको जनगणना गर्न प्रस्थान गरेका हुन् । खलङ्गादेखि व्यास गाउँपालिका–२ दुम्लिङसम्म बाटो ठीक छ, दुम्लिङदेखि छाङरु र तिङ्करसम्म घर, पसल र मानव आवातजावत छैन ।’’

दुम्लिङभन्दा माथि जान सक्छन् कि सक्दैनन्, अहिले नै भन्न सकिन्न तर सुरक्षाकर्मीसँगको समन्वयमा छाङरु र तिङ्कर पुग्ने मनोबलसाथ खलङ्गाबाट टोली प्रस्थान गरेको उनले बताए ।

नेपालतर्फ जोखिमपूर्ण बाटो भएका कारण व्यासको वडा नम्बर १ का स्थानीयवासी भारतीय बाटो प्रयोग गर्दै दार्चुला सदरमुकाम खलङ्गासम्म आवतजावत गर्दै आएका छन् । तर, जनगणनाका लागि गणकलाई छाङरु र तिङ्कर जान भने भारतले बाटो नदिएको हो । गोरखापत्र दैनिकबाट ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0