Homeविजनेश

महिला लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

महिला लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडाै- महिला लघुवित्त वित्तीय संस्था (MLBSL) को सञ्चालक समितिले वितरण गर्न घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज, मंसिर १५ गते, बुधबार, अन्तिम दिन ह

दोर्दी खोलाको आइपीओ बाँडफाँट, यसरी हेर्नुहाेस् रिजल्ट?
वायु प्रदुषणका कारण १ सय २४ उडान रद्द
मनकामना स्मार्ट लघुवित्तको आईपीओ आजदेखि विक्रीमा

काठमाडाै- महिला लघुवित्त वित्तीय संस्था (MLBSL) को सञ्चालक समितिले वितरण गर्न घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज, मंसिर १५ गते, बुधबार, अन्तिम दिन हो।

लघुवित्तले मंसिर २२ गते डाकेकाे चौथो वार्षिक साधारण सभा र ५० प्रतिशत लाभांश वितरण गर्ने प्रयोजनको लागि मंसिर १६ गते बिहीबारदेखि बुकक्लोज गर्ने भएको छ। जस अनुसार आज बुधबारसम्म कायम शेयरधनीले लघुवित्तले प्रस्ताव गरेको ४७.५ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर सहित २.५ प्रतिशत नगद लाभांश पाउनेछन्।

मंसिर २२ गते बुधबार हिमालय दृश्य रिसोर्ट, धुलिखेल काभ्रेमा बिहान १०ः३० बजेबाट सुरु हुने सभाले लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। साथै, सभाले अन्य कुनै वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव सहित लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

त्यसैगरी, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुनेछ भने प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत रहेको छ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0