HomeUncategorized

चन्द्रागिरि डाँडामा बिहानैदेखि हिमपात

चन्द्रागिरि डाँडामा बिहानैदेखि हिमपात

काठमाडौँ- शुत्रबार रातिदेखि परेको अविरल वर्षा पछि चन्द्रागिरि डाँडोमा हिमपात भएको छ । राजधानीको पर्यटकीय क्षेत्रको रुपमा रेहेको उक्त स्थानमा आज बिहानै

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण
एकीकृत समाजवादीले बुझायो नयाँ मन्त्रीको नाम, मेटमणि चौधरी शहरी विकास
जनगणना टोली छाङरु र तिङ्करतर्फ

काठमाडौँ- शुत्रबार रातिदेखि परेको अविरल वर्षा पछि चन्द्रागिरि डाँडोमा हिमपात भएको छ । राजधानीको पर्यटकीय क्षेत्रको रुपमा रेहेको उक्त स्थानमा आज बिहानैदेखि हिमपात भएको हो ।

चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रमा हिउँले ढाकेको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताउनुुभयो ।

गत पुसको दोस्रो साता उक्त स्थानमा हिउँ परेकामा आज दोस्रोपटक बाक्लो हिमपात भएको हो । पहिलोपटक हिउँ पर्दा चन्द्रागिरिमा हजारौँ युवायुवती हिउँ खेल्न पुगेका थिए ।

पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात हुनाका साथै अन्य धेरै स्थानमा वर्षा भइरहेको छ ।

यस्तै हिँउ परेकाकारण त्रिभुवन राजपथसमेत अवरुद्ध हुन पुगेको छ ।

गएरातिदेखि परेको वर्षा पछि उक्त राजपथअन्तर्गतको सिमभन्ज्याङमा बाक्लो हिँउ पर्दा बाटो अवरुद्ध भएको हो । हिमपातका कारण काठमाडौँबाट हेटौँडातर्फ प्रस्थान गर्ने सवारीसाधन बाटोमा रोकिएको प्रहरीले जनाएको छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:1