Homeराजनिती

सीमा समस्या समाधान गर्न भारतलाई नेपालको आग्रह

सीमा समस्या समाधान गर्न भारतलाई नेपालको आग्रह

नयाँ दिल्ली- भारत भ्रमणका रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीच रहेका सीमा समस्या समाधान गर्न भारतीय प्रधानमन्त्रीसँग अनुरोध गरेका छन्

प्रधामन्त्री बनेपछि पहिलो निर्णय नै कोरोनाको खोप
नेपालको ‘चुच्चे नक्सा’ र विदेश नीति फेरबदल हुनसक्दैन: प्रधानमन्त्री ओली
कार्यकर्तामा काँग्रेस धनी, नयाँ नेतृत्वमा काे आउला?

नयाँ दिल्ली- भारत भ्रमणका रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीच रहेका सीमा समस्या समाधान गर्न भारतीय प्रधानमन्त्रीसँग अनुरोध गरेका छन्। दुवै प्रधानमन्त्रीद्वारा आयोजित संयुक्त पत्रकार सम्मेलनमा देउवाले स्थापित संयन्त्रबाट उक्त समस्या समाधान गर्न मोदीलाई आग्रह गरिएको जनकारी दिए। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीले दिल्लीमा शनिवार भेटवार्ता गरेपछि दुवैजनाले संयुक्त रूपमा प्रेस सम्मेलन गरेका थिए।

मोदीले नेपाल र भारतबीच अनादीकालदेखि कायम मित्रताको चर्चा गर्दै दुवै एकअर्काको सुखदुखको साथी रहेको बताएका थिए। तर मोदीले आफ्नो वक्तव्यक्रममा नेपाल भारतबीच सीमा समस्याबारे कुनै उल्लेख गरेनन्। दुई देशबीच चारवटा सम्झौतामा हस्ताक्षर भएको छ। दुवैजनाले संयुक्त रूपमा अन्तरदेशीय जयनगर-कुर्था रेल सेवा उद्घाटन भर्च्युअल माध्यमबाट गरेका थिए। कार्यक्रममा नेपाल र भारतबीच भएका विकास आयोजनाहरूबारे चर्चा गरिएको थियो।

त्यससँगै पूर्वधार तयार भएर पनि सञ्चालन नभइ बसेको उक्त रेलले सेवा उपलब्ध गराउन थालेको बताइएको छ। पाँचौ पटक प्रधानमन्त्री चुनिएपछि जलवायु परिवर्तन सम्बन्धी एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन ग्लास्गो गएको बेला देउवा र मोदीबीच गएको नोभेम्बरमा भेटवार्ता भएको थियो।यसअघिको आफ्नो चार वटा कार्यकालमा पनि देउवाले प्रधानमन्त्रीका रूपमा हरेक पटक दिल्लीको भ्रमण गरेका थिए। -BBC/Nepali

COMMENTS

WORDPRESS: 0
    DISQUS:0