Homeमुख्य समाचार

बलेफी हाइड्रोपावरको शेयर बाँडफाँट, उपकार लघुवित्तको आवेदन एक दिन थप

बलेफी हाइड्रोपावरको शेयर बाँडफाँट, उपकार लघुवित्तको आवेदन एक दिन थप

काठमाडाै- बलेफी हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि निष्काशनमा ल्याएको शेयर बाँडफाँट भएको छ । आज शुक्रबार विहान कम्पनीको शेयर निकाशन तथा बिक्री प्र

स्थगित कक्षा १० र १२ को परीक्षा गर्न ३ विकल्प
एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता दिन सुरू
सार्वजनिक लामो दूरीको यातायात भाडा २८% बढ्यो

काठमाडाै- बलेफी हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि निष्काशनमा ल्याएको शेयर बाँडफाँट भएको छ । आज शुक्रबार विहान कम्पनीको शेयर निकाशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलको कार्यालयमा शेयर बाँडफाँट भएको हो । आईपीओमा २१ लाख ७१ हजार ७ सय ४० जनाले २ करोड ४४ लाख ७४० कित्ताको लागि आवेदन दिएका थिए । त्यसमध्ये ३ हजार ६४० जनाको आवेदन रद्द भएका छन् ।

त्यस अनुसार २१ लाख ६८ हजार १०० जनाको मात्रै योग्य आवेदन परेको छ । कम्पनीले निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट भएको छ । त्यस अनुसार योग्य आवेदकहरु मध्ये गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा १ लाख ६६ हजार ३४५ जनाले शेयर पाएका छन् ।

त्यस मध्येपनि भाग्यमानी तीन जनालाई बाँकि रहेको ३ कित्ता शेयर एक/एक कित्ताको दरले वितरण गरिएको छ । त्यस अनुसार अधिकतम पाउनेले ११ कित्तासम्म शेयर पाएका छन् ।

उपकार लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने समय एक दिन थप भएको छ । चैत २७ गते राम नवमी पर्वको सार्वजनिक विदा दिएकोले आइपीओमा आवेदन दिने समय एक दिन थप भएको हो । त्यस अनुसार लघुवित्तको आइपीओमा भोली चैत ३० गते बुधबारसम्म आवेदन दिन सकिनेछ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0