HomeUncategorized

उड्डयन प्राधिकरणले हेलिकप्टरमा दुई पाइलट अनिवार्य गर्ने

उड्डयन प्राधिकरणले हेलिकप्टरमा दुई पाइलट अनिवार्य गर्ने

काठमाडाैँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले एउटा इन्जिन भएको हेलिकप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ।एउटा मात्रै इन्जिन भएको हेलिकप्

त्रिविका सबै परीक्षा साउन अन्त्यसम्म सक्ने तयारी
कक्षा १२ को परीक्षा साउनमा
ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट, यसरी हेर्नुहाेस रिजल्ट

काठमाडाैँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले एउटा इन्जिन भएको हेलिकप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ।

एउटा मात्रै इन्जिन भएको हेलिकप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीपकुमार अधिकारीले जानकारी दिए।

पाइलट बेहोस हुने तथा अरू स्वास्थ्य समस्याका कारण हुन सक्ने दुर्घटनालाई मध्यनजर गरेर दुई पाइलटको व्यवस्था अनिर्वाय गर्न लागिएको उनले बताए। अहिले नेपालमा दुईवटा इन्जिन भएका हेलिकप्टर र हवाइजहाजमा मात्रै दुई पाइलट अनिवार्य हुनुपर्ने व्यवस्था छ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0