Homeसूचना-प्रविधि

के अब फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चलाउन पैसा तिर्नुपर्छ ?

के अब फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चलाउन पैसा तिर्नुपर्छ ?

एजेन्सी- मेटा कम्पनीले छिटै आफ्ना विभिन्न सोसल मिडिया प्लाटफर्म प्रयोगकर्ताका लागि विभिन्न सशुल्क फिचरहरु ल्याउने तयारी गरेको छ । सोसल मिडिया दिग्गज क

बौद्धिक सम्पत्ति चोरीको उजुरीका चाङ
मासिक शुल्क ३३३ रुपैयाँख फाइबर इन्टरनेट
टेलिकमद्वारा दसैँ अफर जारी, २९४ मा २० जीवी डाटा

एजेन्सी- मेटा कम्पनीले छिटै आफ्ना विभिन्न सोसल मिडिया प्लाटफर्म प्रयोगकर्ताका लागि विभिन्न सशुल्क फिचरहरु ल्याउने तयारी गरेको छ । सोसल मिडिया दिग्गज कम्पनी मेटाले कम्पनीमा एक नयाँ संरचना खडा गर्दैछ जसको काम फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपमा सशुल्क फिचरका लागि काम गर्नु हुनेछ । उक्त शाखाको प्रमुखमा प्रति राय चौधरी हुनेछिन् जो यसअघि मेटाको अनुसन्धान विभाग प्रमुख भैसकेकी छिन् ।

केही समय देखि ट्विटर तथा स्नापच्याट जस्ता सोसल मिडिया प्लाटफर्महरुमा यसअघि नै सशुल्क सेवा अर्थात् पेड सर्भिस उपलब्ध छन् । ट्विटरको सशुल्क भर्सनलाई ट्विटर ब्लु भनिन्छ भने स्नापच्याटमा पनि स्नापच्याट प्लस फिचर उपलब्ध छ ।

ट्विटर ब्लु तथा स्नापच्याट प्लसमा प्रयोगकर्ताले आम प्रयोगकर्ताले भन्दा विभिन्न नयाँ तथा विशेष फिचरहरु प्रयोग गर्न पाउँदछन् । ट्विटर ब्लु प्रयोगकर्तालाई हालैमात्र इडिट बटन उपलब्ध गराइएको छ । द भर्जका अनुसार मेटाले एक नयाँ महाशाखा खडा गरिरहेको छ जसको नाम न्यु मनिटाइजेसन एक्सपेरियन्सेज हो । यो महाशाखाले फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपका लागि सशुल्क फिचर्समा केन्द्रित भएर काम गर्नेछ ।

मेटाकाे एक नयाँ सर्भिसमा सबैले पैसा तिरेपछि मात्रै चलाउन मिल्ने भन्ने चाहि हाेइन् तर फरक फिचरहरुकाे मजा लिन चाहानेकाे लागि भने पैसा तिर्नुपर्ने छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0