Homeसूचना-प्रविधि

टिक टक के व्याक्ति र गित हिट बनाउने उपयुक्त ठाउँ हाे?

टिक टक के व्याक्ति र गित हिट बनाउने उपयुक्त ठाउँ हाे?

-काठमाडौहाल चलिरहेको विभिन्न सामाजिक संजाल मध्य ‘टिक टक’ ब्यक्ति र गित हिट बनाउने निकै नै उपयुुक्त माध्यम बनेको छ। वास्तविक मान्छेले बनाएको वास्तव

बौद्धिक सम्पत्ति चोरीको उजुरीका चाङ
सफ्टवेअरमा बग खोज्ने ह्याकरहरू कसरी कमाउँछन् ?
अब दैनिक २ लाख रुपैयाँसम्म मोवाइल बैंकिङ कारोबार गर्न पाइने

-काठमाडौ

हाल चलिरहेको विभिन्न सामाजिक संजाल मध्य ‘टिक टक’ ब्यक्ति र गित हिट बनाउने निकै नै उपयुुक्त माध्यम बनेको छ। वास्तविक मान्छेले बनाएको वास्तविक भिडियो ‘टिक टक’ आजभोलि बालबालिका, किशोर र युवाले असाध्यै रुचाउने एप हो। यसको १५ देखि ६० सेकेन्डसम्मका भिडियो क्लिपमा मानिसहरु विभिन्न गीतमा नाचिरहेका देखि कमेडी गरेका देखिन्छन् । बिशेष यो गितमा बनाइने भिडियो भएपनि हाल डायलग,कमेडी र विभिन्न अबस्थामा भिडियो बनाउने चलनले यसलाइ अझ लोकप्रिय बनाएको छ।

सन २०१६ देखि सुरु भएको ‘टिक टक’ का मालिक चिनियाँ नागरिक झाङ यिमिङ हुन। ३६ वर्षीय झाङ २०१९ मा १३.५ अर्ब डलरको सम्पत्ति सहित ‘हुरुन चा रिच लिस्ट’ को प्रमुख २० धनी व्यक्तिमा सूचीकृत बनेका छन् । बेइजिङको स्टार्टअप कम्पनी बाइट डान्सले सञ्चालन गर्छ ‘टिक टक’। झाङले सन् २०१२ मा बाइट डान्स सुरु गरेका थिए। यो एप १५० देशबाट १५ अर्ब पटक डाउनलोड गरिसकिएको छ।

अमेरिकी रिसर्च एजेन्सि सेन्सर टावरका अनुसार यो भारत, अमेरिका, इन्डानेसिया, नेपाल जस्ता देशमा लोकप्रिय छ ।
झाङले २०१७ मा साङ्घाई मुख्यालय भएको लिप-सिङ भिडियो ऐप ‘म्युजिकल्ली’ खरिद गरेर त्यसलाई टिक टकसँग मर्ज गरेका थिए ।यसैले ‘म्युजिकल्ली’ को नाम ‘टिक टक’ भयो । यसमा उनले एक अर्ब डलर खर्च गरेका थिए। ‘टिक टक’ कम समयमा नै अर्बौं प्रयोगकर्ताको प्रिय एप बनेको छ।

सन् २०१६ देखि चीनबाट सुरु भएको टिक टकले घर-घरमै कलाकार भएको अनुभूति हुन्छ । आम मानिस देखि ठुलो पर्दामा गनिएका कलाकार पनि टिक-टकमा झुमेको पाइन्छ। हिजो सम्म कसैले नचिनेकाहरु आज देश देखि बिश्वभर नै ‘टिक टक’ कै कारण चर्चित भएका छन्। जसले गित देखि फिल्ममा समेत अभिनय गर्ने मौका पाएका छन। यसले एउटा सामान्य मानिस लाई छिट्टै कलाकार बनाएको छ। उनीहरुले त्यसको लागि मिहिनेत पनि धेरै गरेका हुन्छन्।

आज भोलि गित हिट भए नभएको थाहा पाउने माध्यम पनि ‘टिक टक’ बनेको छ। जुन गीतको टिक टकमा बढी भिडियो बन्यो त्यो गीत त्यति नै हिट मानिन्छ । यसले नयाँ गितलाई त हिट बनाएको छ नै साथै पुराना गितलाई समेत फेरि एकपटक हिट बनाएको छ। खाना खाँदा,अफिसमा काम गर्दा, कसैले राम्रो काम गर्दा देखि कसैलाई आपत्ति पर्दा समेत टिक-टक बनाएको देखिन्छ। युवा युवतीले मात्र होइन वृद्धहरुले समेत यो बनाएको देखिन्छ। यसैले हाल ‘टिक टक’ ब्यक्ति र गित हिट बनाउने उपयुक्त माध्यम बनेको छ।

यति राम्रो कुरा भएर यसका केही बेफाइदा पनि छन। गोपनीयताको कुरा गर्ने हो भने टिककट निकै असुरक्षित र खतरनाक छ। कुनै आपराधिक प्रवृत्तिका मानिसबाट टिक-टकमा सानो उमेरका बालबालीका तथा किशोर-किशोरीलाई खतरा हुन सक्छ । अर्कोतिर टिक-टक अकाउन्ट विभिन्न अश्लील सामाग्रीहरुले भरिएको छ, यसमा कुनै फिल्टर छैन। साथै यसमा सामाग्रीको बारेमा उजुरी गर्ने माध्यम नभएको हुँदा यो सुरक्षा र गोपनीयतामा निकै खतरनाक हुनसक्छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0