Homeखेलकुद

सन्दीपलाई विदेश जान पनि अनुमति

सन्दीपलाई विदेश जान पनि अनुमति

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश सर्वोच्च अदालतले सदर गरेको छ । साथै उनलाई क्रिकेट खेल्न विदेश जान अनुमति समेत दिएको छ । नाबा

महिला टी २० विश्वकप एसिया छनोट: नेपाल पहिलो खेलमा पराजित
सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट २२ रनले पराजित
फिफा विश्वकप छनोट : नेपालको सानदार जित चाइनिज ताइपेलाई हरायाे

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश सर्वोच्च अदालतले सदर गरेको छ । साथै उनलाई क्रिकेट खेल्न विदेश जान अनुमति समेत दिएको छ । नाबालिग बलात्कारको मुद्दामा जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालतले त्यसलाई उल्टाएर सशर्त धरौटीमा छाड्न आदेश दिएको थियो ।

त्यसविरुद्ध सरकारी वकिलको कार्यालय, सर्वोच्च अदालत गएको थियो भने लामिछानेले क्रिकेट खेल्न विदेश जाने अनमुति माग गर्दै निवेदन दिएका थिए । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने २८ पुसको आदेश सदर गरेको हो ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0