Homeखेलकुद

कतार विश्वकप मेस्सी र रोनाल्डोकाे लागि अन्तिम?

कतार विश्वकप मेस्सी र रोनाल्डोकाे लागि अन्तिम?

काठमाडाै- अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेस्सी र पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका लागि यो विश्वकप नै अन्तिम हुने आकलन गरिएको छ । द

महिला टी २० विश्वकप एसिया छनोट: नेपाल पहिलो खेलमा पराजित
वान डे इतिहासमा नेपालको अहिलेसम्मकै उच्च स्कोर
विश्वकप छनोट: नेपाली टिम बलियो टोली जोर्डनको सामना गर्दै, कस्ताे हाेला खेल?

काठमाडाै- अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेस्सी र पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका लागि यो विश्वकप नै अन्तिम हुने आकलन गरिएको छ । दुवै खेलाडी यो विश्वकपसँगै अन्तर्राष्ट्रिय फुटबल करियरबाट सन्यास लिने तयारीमा छन् । पोर्चुगिज स्टार रोनाल्डोले यो विश्वकप जितेपछि आफूले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बताइसकेका छन् । देशका लागि एक मुख्य उपाधि जित्न सफल भएका दुवै खेलाडी विश्वकपको ट्रफी उचाल्ने दाउमा छन् ।

लियोनेल मेस्सी

अर्जेन्टिनाको स्टार फुटबल खेलाडी लियोनेल मेस्सीले देशका लागि हालसम्म विश्वकप जिताउन सकेका छैनन् । मेस्सी पनि यो विश्वकपमा देशलाई ट्रफी दिलाएर सन्यास लिने योजनामा छन् । सन् २०१४ को विश्वकपमा फाइनल पुगेको अर्जेन्टिनाले जर्मनीसँग पराजित हुँदै दोस्रो स्थानमा चित्त बुझाउनुपर्यो ।

३५ वर्ष पुगेका मेस्सी सन् २००६ बाट विश्वकप खेल्न सुरु गरेका हुन् । मेस्सीले हालसम्म राष्ट्रिय टोलीका लागि १६५ खेल खेल्दै ९१ गोल गरेका छन् ।अर्जेन्टिनाले यसअघि १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेको थियो । अब मेस्सी देशका लागि तेस्रो उपाधि दिलाउँदै सन्यास लिने योजनामा छन् ।

क्रिस्टियानो रोनाल्डो

​सन् २००३ बाट राष्ट्रिय टोलीमा परेका रोनाल्डोले चार विश्वकप खेलिसकेका छन् । सन् २००६ बाट विश्वकप फुटबल खेल्न थालेका उनले हाल पोर्चुगलको राष्ट्रिय टोलीको नेतृत्व गरेका छन् । ३७ वर्षीय रोनाल्डोले देशका लागि १९१ खेल खेल्दै ११७ गोल गरेका छन् ।

पोर्चुगल हालसम्म विश्वकपको फाइनलमा पुगेको छैन । सन् १९६६ मा विश्वकपको तेस्रो स्थानमा आएको पोर्चुगल सन् २००६ मा चौथोमा रहेको थियो । त्यसपछि भने सेमिफाइनलमा पुग्न सकेको छैन । रोनाल्डो यो पटक भने देशलाई विश्वकप उपाधि जिताउने योजनामा छन् । उनी यो पटक देशलाई विश्वकपको उपाधि जिताएर सन्यास लिने मुडमा छन् ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0