Homeखेलकुद

महिला टी २० विश्वकप एसिया छनोट: नेपाल पहिलो खेलमा पराजित

महिला टी २० विश्वकप एसिया छनोट: नेपाल पहिलो खेलमा पराजित

काठमाडाै- आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ। हङकङकी प्रारम्भिक खेलाडी मारिको हिलले शान

विश्वकप छनोट: नेपाली टिम बलियो टोली जोर्डनको सामना गर्दै, कस्ताे हाेला खेल?
पारस खड्का भन्छन् यी कुराहरू मिस गर्छु
टी-२० क्रिकेटमा नेपालको जित

काठमाडाै- आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ। हङकङकी प्रारम्भिक खेलाडी मारिको हिलले शानदार ब्याटिङ गर्दै ४२ बलमा ४४ रन जोडेर अविजित रहँदै टोलीलाई जिताउन मुख्य भूमिका खेलिन्।

नेपालले टस हारेर ३ विकेटको क्षतिमा १०४ रनको मध्यम स्कोर मात्र बनाउन सकेको थियो। यस्तोमा विपक्षी खेलाडीहरूको विकेट छिटो भन्दा छिटो लिनुपर्ने अवस्थामा हङकङले संयमित ब्याटिङ गरेर खेल आफ्नो पक्षमा राख्यो।

नेपालका कविता कुँवर, सीता राई र सबनम राईले एक/एक विकेट लिए भने करुणा भण्डारीको बलमा एक खेलाडी रन आउटको सिकार भइन्। कप्तान रुविना क्षेत्रीको १८ औँ ‍ओभरको बलिङमा ११ रन चोर्दै हङकङले आवश्यक १०५ रन जोड्यो। टोलीले १२ बल खेल्नु अगावै खेल जितेको हो। टी २० वरीयतामा नेपाल १४ औँ तथा हङकङ २५ औँ स्थानमा छ।

यसअघि नेपालका प्रारम्भिक ब्याटर सीता राना मगरको अविजित ४० रनको मद्दतमा नेपालले ३ विकेट गुमाउँदै १०४ रन बनाएको थियो। उपकप्तान समेत रहेकी सीता राना मगरले टोलीको इनिङ सम्हाल्ने क्रममा ५८ बलमा ४ चौकाको मद्दतले ४० रनमा अविजित रहिन्।

उनले इन्दु बर्मासँग तेस्रो विकेटका लागि ८१ रनको साझेदारी गरेकी थिइन्, जुन नेपाली महिलाको तेस्रो विकेटमा उत्कृष्ट साझेदारी हो। इन्दुले ३६ बलमा ३ चौका सहित ३१ रनमा रन बनाएर आउट भएकी थिइन्।

टी २० आईको आधिकारिक प्रतियोगितामा यसअघि नेपालका लागि सीता र इन्दुले नै कतार विरुद्ध दोस्रो विकेटका लागि ८८ रनको कीर्तिमानी साझेदारी गरेकी थिइन्। नेपालका प्रारम्भिक खेलाडी कविता कुँवर पहिलो ओभरको दोस्रो बलमै खाता खोल्न नपाइ आउट भएकी थिइन्।

त्यसपछि आएकी काजल श्रेष्ठले २३ बल खेलेर ४ रनमात्र बनाउन सकिन्। यद्यपि उनले सीता राना मगरलाई सघाउँदै ४५ बलमा २१ रनको साझेदारी गरेकी थिइन्। अन्तिम एक बलको सामना गरेकी कप्तान रुविना क्षेत्रीले अविजित २ रन जोडिन्। पहिलो हारसँगै नेपालको विश्वकप यात्राका आगामी खेलहरू चुनौतीपूर्ण बनेको छ।

विश्वकप एसिया छनोट

किनकि यो एसिया क्षेत्रमा सहभागी ६ टोली मध्ये शीर्ष टोली छ। जसमा सबै टोलीले एक अर्कासँग खेलेपछि त्यसको शीर्ष टोली मात्र विश्वकपको ग्लोबल क्वालिफायरमा खेल्नका लागि छनोट हुनेछ।

एसिया क्षेत्र छनोटमा नेपाल सहित भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई सहभागी छन्। विश्वकप छनोट खेल्नु अगाडि नेपालले बाङ्ग्लादेश र कतारको भ्रमण गरेको थियो।

जहाँ नेपालले कतारसँगको पहिलो टी २० आई शृङ्खलाको तीनवटै खेल जितेर शृङ्खला कब्जा गरेको थियो। त्यस्तै बाङ्गलादेशको शिक्षा प्रतिष्ठानसँग खेलेको तीन वटा मैत्रीपूर्ण खेलमा २ मा विजयी भएको थियो।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0