Homeखेलकुद

फिफा विश्वकप छनोट : नेपालको सानदार जित चाइनिज ताइपेलाई हरायाे

फिफा विश्वकप छनोट : नेपालको सानदार जित चाइनिज ताइपेलाई हरायाे

खेलकुद- नेपालले फिफा विश्वकप छनोटको दोस्रो चरणको खेलमा चाइनिज ताइपेविरुद्ध २-० को सानदार जित हात पारेको छ। अन्जन विष्ट र नवयुग श्रेष्ठको गोलमा जित हात

नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही रू. ३ लाख राशीको पुरस्कार घोषणा
बार्साबाट मेस्सीको औपचारिक विदाइ: भने याे मेराे घर हो
सप्तरी प्रिमियर लिग: तिलाठी कोइलाडी र टीभीएस किङ्स विजयी

खेलकुद- नेपालले फिफा विश्वकप छनोटको दोस्रो चरणको खेलमा चाइनिज ताइपेविरुद्ध २-० को सानदार जित हात पारेको छ। अन्जन विष्ट र नवयुग श्रेष्ठको गोलमा जित हात पारेकाे हाे ।

विश्वकप फिफा बरियतामा नेपालभन्दा ३० स्थानमाथि रहेको ताइपेलेलाई नेपालले दोस्रो पटक हराएकाे हो। याे भन्दा पहिला नेपालले पहिलो लेगमा ताइपेलाई २-० गोल अन्तरले नै उसैको घरेलु मैदानमा हराएको थियो।

खेल सुरू भएको चौथो मिनेटमा नै फरवर्ड अन्जन विष्टले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाए। उता ताइपेका खेलाडीले पेनाल्टीबक्स भित्र ह्यान्ड गरेपछि रेफ्रीले नेपाललाई पेनाल्टी दिएका थिए। उक्त पेनाल्टीलाई अन्जनले गोलमा परिणत गरे। यो सँगै अन्जनले विश्वकप छनोटमा तेस्रो गोल गर्न सफल भएका छन्। ताइपेविरुद्धको पहिलो खेलमा पनि अन्जनले नै दुई गोल गरेका थिए।

खेलकाे ८१ औं मिनेटमा नेपालले अग्रता दोब्बर पार्‍यो। ताइपेविरुद्ध नेपालका लागि नवयुग श्रेष्ठले सुमन अर्यालको पासमा गोल गरेका थिए।

अब नेपालले जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्दै विश्वकप २०२२ र एसिया कप २०२३ को छनोटको यात्रा सक्नेछ। एसियाको पावर हाउसका रुपमा रहेको अष्ट्रेलिया फिफा वरीयताको ४१औँ स्थानमा छ भने जोर्डन ९५औँ स्थानमा छ।

पछिल्ले समय नेपाले फुटबलमा राम्राे फड्काे मार्दै अगाडी बढिरहेकाे छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0