HomeUncategorized

नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही रू. ३ लाख राशीको पुरस्कार घोषणा

नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही रू. ३ लाख राशीको पुरस्कार घोषणा

काठमाडाै- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजयी नेपाली क्रिकेट टोलीलाई जनही रू. ३ लाख राशीको पुरस्कार घोषणा गरेका छन् । युएईलाई हराउँदै जिम्ब

१ सय ५१ विद्यालयका चालक र १ हजार २३८ विद्यार्थी कारबाहीमा
इन्धन किन्न नसक्ने अवस्थामा आयल निगम
सरकारी कर्मचारीको तलब ३०% बढाउने तयारी

काठमाडाै- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजयी नेपाली क्रिकेट टोलीलाई जनही रू. ३ लाख राशीको पुरस्कार घोषणा गरेका छन् । युएईलाई हराउँदै जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीले सम्मानगर्दै आगामी यात्राका लागि शुभकामना दिएका छन्।

खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले हिजोको प्रदर्शनबाट आफू अत्यन्तै खुसी भएको प्रतिक्रिया दिए। ‘मलाई अत्यन्त खुसी लागेको छ। हिजो तपाईहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईँहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ’, उनले भने, ‘देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ। आगामी दिनमा समेत तपाईहरूको प्रर्दशन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु।’

खेलाडीको सुखदुःखमा आफू सधैं साथमा रहने प्रधानमन्त्री प्रचण्डले विश्वास दिलाए छन्। ‘विश्वकप छनोटका लागि तपाईँहरूलाई थप सफलता मिलोस्। म तपाईहरूको सुखदुखमा साथमै हुनेछु’ प्रधानमन्त्रीले भने, ‘यसअघि पनि सरकारले तपाईहरूलाई जनही दुई लाख राशीले पुरस्कृत गरिसकिएको छ। आज म तपाईहरूलाई जनही रू. तीन लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु।’

प्रधानमन्त्री प्रचण्डले तत्काल कीर्तिपुरस्थित त्रिवि मैदानमा आधुनिक फ्लटलाइट र स्कोरबोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशनसमेत दिएका छन्।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0