Homeराजनिती

सामाजिक सुरक्षा कोषमा के के छ सुबिधा?

सामाजिक सुरक्षा कोषमा के के छ सुबिधा?

काठमाडाै- सामाजिक सुरक्षा कोष सरकारले लागु गरेकाे छ । उक्त कोषमा न्यूनतम रकम जम्मा गरिरहँदा पनि दुर्घटना, अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा

प्रदेश–२ सरकारमा सहभागी हुने तयारीमा एकीकृत समाजवादी
२८ घण्टा भित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चको आदेश
डा. बाबुराम भट्टराईकाे दाबी देश गम्भीर संकटमा पर्दैछ भन्ने सूचना पाएको छु

काठमाडाै- सामाजिक सुरक्षा कोष सरकारले लागु गरेकाे छ । उक्त कोषमा न्यूनतम रकम जम्मा गरिरहँदा पनि दुर्घटना, अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना उपलब्ध हुने सरकारले बताएकाे छ।

दुर्घटना, अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना भनेर चार किसिमका योजनाहरू ल्याएका छौँ। त्यो एक वर्षमा दुर्घटनामा पर्नुभयो र अस्पतालमा उपचार गर्नुपर्‍यो भने एक लाखसम्मको औषधी उपचारको सुविधा छ, अशक्त हुनुभयो भने कोषमा योगदान गर्ने आधारभूत पारिश्रमिकको ६० प्रतिशतले हुन आउने रकम मासिक रूपमा अशक्तता वृत्ति भनेर कोषले उपलब्ध गराउँछ।

कोषबाट दुर्घटना उपचार खर्च लिन चाहिँ दुर्घटना भएर अस्पतालमा उपचार गराएको बिल पेस गर्नुपर्ने सर्त छ। दुर्घटना वापतको एक लाख रुपैयाँ लिन वैदेशिक रोजगारीमा रहेका नेपालीले स्वदेश आउँदा बिल पेस गर्नुपर्ने नियम छ। त्यसपछि कोषले उनीहरूको ब्याङ्क खातामा उक्त भुक्तानी पठाइदिने सरकारकाे याेजना छ।

अशक्त भएर फर्किएको अवस्थामा पनि नेपालमा रहेको ब्याङ्क खातामा रकम पठाइदिने सरकारकाे भनाइ छ। विदेशमा रहँदा आजीवन अशक्त भएर काम गर्न नसक्ने भएको अवस्थामा ९,३८५ रुपैयाँ को ६० प्रतिशत जीवनभर हरेक महिना पेन्सन पाउने कोषले जनाएको छ। योगदानमा आधारित यस्तो पेन्सन भने ६० वर्ष पुगेपछि मात्रै कोषले दिन्छ।

वैदेशिक रोजगारीमा रहेका कामदारको मृत्यु भए श्रीमान् वा श्रीमतीले आजीवन र बालबालिकाले २१ वर्ष नपुग्दासम्म ९ हजारको ४० प्रतिशत हुन आउने ३,७५४ रुपैयाँ मासिक पाउँछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले कम्तीमा नौ महिनाको योगदान जम्मा गरेपछि मात्रै कोषबाट पाइने बीमा लगायतका सुविधा पाउँछन्।

कोषका अनुसार विदेशमा बस्ने नेपालीले रेमिट्यान्सको माध्यमबाट कोषमा पैसा जम्मा गर्न सक्छन्। “कनेक्ट आइपीएस सहित ई-सेवा, खल्ती जस्ता वालेट अथवा फोन पे वा रेमिटको माध्यमबाट पनि कोषमा नियमित पैसा जम्मा गर्न सकिन्छ,” कोषकी सहायक निर्देशक पौडेलले भनिन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले कम्तीमा नौ महिनाको योगदान जम्मा गरेपछि मात्रै कोषबाट पाइने बीमा लगायतका सुविधा पाउँछन्।

कोषमा अग्रिम रूपमा पनि रकम जम्मा गर्न सकिने र त्यसरी कम्तिमा सात महिनासम्मको रकम जम्मा गर्दा १० प्रतिशतसम्म छुटको पनि व्यवस्था रहेको पौडेलले जानकारी दिइन्। जम्मा हुने न्यूनतम रु २,००२ मध्ये रु ७०२ प्रिमियम र १,३०० रुपैयाँ न्यूनतम मौज्दात अन्तर्गत रहने र नेपाल फर्किइसकेपछि त्यो निकाल्न पनि मिल्ने बताइएको छ।

कोषका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सामाजिक सुरक्षामा आबद्ध हुन न्यूनतम २००२ रुपैयाँ जम्मा गरे पुग्छ। तर कोषमा हरेक महिना रकम जम्मा गर्नुपर्छ।

नेपाल सरकारले औद्योगिक कामदारका लागि तोकेको न्यूनतम रु १५,००० को बेसिक पारिश्रमिक रु ९,३८५ लाई आधार मानेर त्यसको २१.३३ प्रतिशत हुन आउने रु २,००२ लाई कोषमा आबद्ध हुने न्यूनतम रकम तोकिएको अधिकारीहरूको भनाइ छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले कोषमा जम्मा गर्न सक्ने अधिकतम योगदान बेसिक पारिश्रमिक ९,३८५ को तीन गुणा हुन आउने २८,१५५ सम्म तोकिएको छ।

पछिल्लो जनगणना अनुसार करिब २२ लाख नेपालीहरू वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका छन्।

 

COMMENTS

WORDPRESS: 0
    DISQUS:0