Homeखेलकुद

एसिया कपमा नेपालको पहिलो खेल पाकिस्तानसँग

एसिया कपमा नेपालको पहिलो खेल पाकिस्तानसँग

काठमाडौं- एसिया कप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेल अगस्ट ३० मा पाकिस्तानसँग खेल्ने भएको छ । प्रतियोगिता आयोजक एसियन क्रिकेट काउन्सिल एसीसीले सार्व

कतार विश्वकप मेस्सी र रोनाल्डोकाे लागि अन्तिम?
क्रिकेट: कुन खेलाडी कुन श्रेणीमा, कति हुन्छ तलब?
सप्तरी प्रिमियर लिग: तिलाठी कोइलाडी र टीभीएस किङ्स विजयी

काठमाडौं- एसिया कप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेल अगस्ट ३० मा पाकिस्तानसँग खेल्ने भएको छ । प्रतियोगिता आयोजक एसियन क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल र पाकिस्तानबीच खेल हुने छ ।

प्रतियोगिता आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार पाकिस्तानमा प्रतियोगिताकै पहिलो खेल खेलेर नेपाल श्रीलंका जाने छ । केन्डीमा नेपालले सेप्टेम्बर ४ मा भारतसँग खेल्ने छ । यसपालिको एसिया कप क्रिकेट अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हाइब्रिड मोडलमा आयोजना हुनेछ ।

प्रतियोगितामा एसियाका पाँच टेष्ट राष्ट्र र नेपाल गरी ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् र कूल १३ खेल हुनेछ । त्यसमध्ये पाकिस्तानमा ४ खेल हुनेछ भने बाँकी ९ खेल श्रीलंकामा खेलाइने एसीसीले जनाएको छ । प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

भारत र पाकिस्तानसँगै नेपाल समूह ए मा छ । श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह बी मा छन् । समूह विजेता र उपविजेता सुपर फोरमा पुग्ने छन् । र सुपर फोरका शीर्ष २ टिमबीच फाइनल हुने छ । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै नेपालले इतिहासमा पहिलो पटक एसिया कप खेल्ने अवसर पाएको हो ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0