HomeUncategorized

सिक्री लुट्ने लुटेरालाई धमाधम समात्दै नेपाल प्रहरी

सिक्री लुट्ने लुटेरालाई धमाधम समात्दै नेपाल प्रहरी

काठमाडौं- सिक्री लुट्ने लुटेरालाई नेपाल प्रहरीले धमाधम समात्न थालेकाे छ। काठमाडौं उपत्यकामा दिनहुँजसाे लुटपाटका खबर सुनिरहन्छ । पछिल्लाे केहि दिनयता

ढुक्क भएर औद्योगिक विकासमा लाग्नुहोस्ः प्रधानमन्त्री
जोखिम बढाउँदै ‘रिसाइकल’ सिमकार्ड
आगोसँग नखेल्न अध्यक्ष ओलीलाई प्रचण्डको चेतावनी

काठमाडौं- सिक्री लुट्ने लुटेरालाई नेपाल प्रहरीले धमाधम समात्न थालेकाे छ। काठमाडौं उपत्यकामा दिनहुँजसाे लुटपाटका खबर सुनिरहन्छ । पछिल्लाे केहि दिनयता लुटपाटका घटना बढिरहेका छन् । याेसँगै काठमाडौंका विभिन्न स्थानमा सुनको सिक्री लुट्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

रामेछापस्थित लिखु- १ दुरागाउँका रविन दमाई, सुनसरी धरानका रवि विश्वकर्मा, काभ्रे पाँचखालका उमेश क्षेत्री र धनकुटा लेगुवाका राहुल माझी पक्राउ परेका हुन् । लुटेराहरूबाट २ वटा चोरीकै मोटरसाइकल पनि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएकाे छ।

यसकासाथै प्रहरीले लुटिएका सुनका सिक्री खरिद गर्ने असनका सुन व्यवसायी श्रीकान्ता माइतीलाई पनि नियन्त्रणमा लिएको छ। ४२ वर्षका माइती भारत पश्चिम बंगालका हुन् ।

मर्निङ वाकमा जाने महिलाहरूकाे सुनकाे सिक्री उनीहरूले लुट्ने गरेका थिए । उनीहरूले मोटरसाइकलकाे प्रयाेग गर्ने गरेका थिए। लुटपाटकाे मुख्य योजना रविन दमाई रहेका थिए ।

उनीहरूले असार १ गतेदेखि २० गतेसम्म काठमाडाैंका ८ स्थानमा महिलाहरूको सुनको सिक्री लुटेका थिए। लुटेराहरूले नार्गाजुन नगरपालिकाको बुद्धचोक, टोखा, काठमाडौं ३ चक्रपथ बंगलामुखी मन्दिर र काठमाडौं १५ चागलमा लुटपाट गरेका थिए।

COMMENTS

WORDPRESS: 0
    DISQUS:1