Homeसूचना-प्रविधि

आईटी कम्पनीलाई निःशुल्क कार्यालय

आईटी कम्पनीलाई निःशुल्क कार्यालय

काठमाडौं- सरकारले सूचना प्रविधि सम्बन्धी कम्पनीलाई निःशुल्क कार्यालय उपलब्ध गराउने घोषणा गरेको छ । काठमाडौं र बुटवलमा सरकारी भवनलाई सूचना प्रविधि पार्

अब ह्वाट्सएप बिनाफोन चलाउन मिल्ने
शैक्षिक मूल्याङ्कन गर्न बौद्धिक चोरी जाँच्ने सफ्टवेयर
फेसबुकका सिइयाे जुकरबर्गले भने सरी तर गुमाए ७ खर्ब

काठमाडौं- सरकारले सूचना प्रविधि सम्बन्धी कम्पनीलाई निःशुल्क कार्यालय उपलब्ध गराउने घोषणा गरेको छ । काठमाडौं र बुटवलमा सरकारी भवनलाई सूचना प्रविधि पार्क बनाउने र त्यहाँ आईटी कम्पनीहरूलाई तीन वर्षसम्म निःशुल्क वर्कस्टेसन बनाउने घोषणा बजेटमार्फत गरिएको हो ।

ती आईटी पार्कमा आईटी उद्योगका लागि सबै किसिमको पूर्वाधार उपलब्ध हुने पनि बजेटमा घोषणा गरिएको छ । ललितपुर खुमलटारमा ज्ञान पार्क स्थापना गरिने पनि घोषणा गरिएको छ ।

स्वदेशमा उत्पादित सफ्टवेयर सरकारी निकायले प्राथमिकतासाथ प्रयोग गर्ने घोषणा पनि अर्थमन्त्री पुनले गरे । देशका सबै वडा र सामुदायिक विद्यालयमा इन्टरनेटमा पहुँच पुर्‍याउने घोषणा पनि गरिएको छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0