काठमाडौ-सामाजिक संजाल फेसबुक फलोअर्समा चर्चित नायिका रेखा थापा नेपालकै सर्वाधिक लोकप्रिय अर्थात नम्बर वान ब्यक्ति हुन। उनको आधिकारिक फेसबुक पेजमा
काठमाडौ-
सामाजिक संजाल फेसबुक फलोअर्समा चर्चित नायिका रेखा थापा नेपालकै सर्वाधिक लोकप्रिय अर्थात नम्बर वान ब्यक्ति हुन। उनको आधिकारिक फेसबुक पेजमा ३३ लाख ७७ हजारले लाईक गरेका छन। नेपालका धेरै चर्चित कलाकार, नेता, खेलाडी र पत्रकारलाई पछि पार्दै रेखा लामो समय देखि फेसबुकमा नेपालकै नम्बर वान ब्यक्ति बनिरहेकी छिन।
२०५८ सालमा ‘हिरो’ फिल्मबाट नेपाली फिल्ममा अभिनय शुरु गरेकी रेखालाई हालसम्म कसैले पनि फेसबुक फलोमा जित्न त परको कुरा वरिपरि पनि पुग्न सकेका छैन।उनि पछी गायिका अन्जु पन्त २२ लाख २१ हजार फलोअर्स सहित दोस्रो स्थानमा छिन।धेरै हिट फिल्म खेलेकी रेखा १५ बर्ष सम्म निरन्तर नेपालको नम्बर वान नायिकाको रूपमा रहिन।
जति बेला उनी नेपाली फिल्ममा प्रवेश गरिन त्यो समय झरना थापा, निरुता सिंह र विपना थापाको राम्रो दबदबा थियो। सोझी बुहारी, रोनाधोना र पीडित महिलाको रोलमा यी नायिकाहरु प्रस्तुत भइरहेका थिए।उनीहरु धोतीमा प्रस्तुत भइरहेको समयमा उनी छोटो कपडामा प्रस्तुत भएर नेपाली सिनेमालाई आधुनिकता दिशतर्फ डोर्याउन सफल भइन।
रेखाको प्रवेश पछि नेपाली फिल्मको कथा मात्र होइन समग्र स्वरुप मै परिवर्तन भयो। झन उनको ब्यानरले निर्माण गरेका सबै फिल्म मार्फत नारिलाई पीडित महिला भएर बस्न होइन सशक्त नारी बन्न र अन्याय विरुद्ध लड्न प्रेरित गरिन। उनको फिल्ममा नायक नै उनी हुन्थिन, नायक त छाँयामा पर्थे।सधै फिल्ममा नायकहरुको भन्दा उनको भुमिका सशक्त हुन्थ्यो। नेपालको नायक-नायिकामा नै धेरैले चिन्ने ब्यक्ति पनि हुन रेखा थापा, उनलाई गाउँ-बस्तीमा समेत सबैले चिन्छन।
रेखाको पछिल्लो फिल्म २०७५ को तिहारमा रिलिज ‘मालिका’ हो। पछिल्लो केही बर्षमा त झन रेखाको फिल्मले पुर्ण रूपमा नारीको कथा प्रस्तुत गरेका छन। पछिल्लो समय रेखा नायिका मात्र नभएर निर्माता, निर्देशक, लेखक र संगीतकार समेत बनिसकेकि छिन। साथै उनले रेखा थापा फाउन्डेसन मार्फत समाजसेवा पनि गरिरहेकी छिन।यसैले पनि उनी नेपाली दर्शकको नजरमा लामो समय सम्म प्रिय र नम्बर वान नायिका बनिरहन रहन सफल भइन।
रेखा थापा ब्यक्तिमा नम्बर वान भएपनि नेपालको सबै फेसबुक पेज मध्य भने छैठौं स्थानमा छिन। नेपालको सबैभन्दा बढी लाईक गरिएको पेज भने अमेरिकन दूतावास, नेपाल हो, जसलाई ४३ लाख २५ हजारले फलो गरेका छन। त्यसपछि एनसेल, ईकान्तिपुर, बिबिसी नेपाली र ताजा खबर क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन। नेपालको ब्यक्तिमा पनि सबैलाई पछि पार्दै नम्बर वान बन्न सक्नु रेखाको ठुलो उपलब्धि हो।
COMMENTS