Homeमनाेरञ्जन

जीवनको नयाँ अध्याय सुरू गर्न भन्दै भिनेता आमिर खान र पत्नी किरणले गरे सम्बन्ध विच्छेद

जीवनको नयाँ अध्याय सुरू गर्न भन्दै भिनेता आमिर खान र पत्नी किरणले गरे सम्बन्ध विच्छेद

काठमाडाै- बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण रावले सम्बन्ध विच्छेद गरेका छन्। आमिर खान र किरण रावले आफ्नो सम्बन्ध विच्छेदको खबर साझा गर्दै एक जो

मिस वर्ल्ड २०२३ भारतमा हुने
पाकिस्तान सवैभन्दा धेरै सुन्दरी भएको देश
नेपाल प्रवेश गर्न नदिएपछि अमेरिका नै फर्किए भ्वाइस विजेता किरण गजमेर

काठमाडाै- बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण रावले सम्बन्ध विच्छेद गरेका छन्। आमिर खान र किरण रावले आफ्नो सम्बन्ध विच्छेदको खबर साझा गर्दै एक जोइन्ट स्टेटमेन्ट जारी गरेका हुन्। आमिर र किरणको सम्बन्ध विच्छेदको समाचार उनका प्रशंसकहरूका लागि धेरै हैरान पार्ने खालको बताइएको छ।

आमिर र किरण १५ बर्ष अघि विवाह बन्धनमा बाँधिएका थिए । फिल्म आलोचक तरण आदर्शले आमिर र किरणको साझा बयान सोशल मिडियामामार्फत सार्वजनिक गरेका छन् । जसमा लेखिएको छ, ‘यस १५ बर्षको एकजुटतामा, हामीले जीवनका अनुभवहरू साझा गरेका छौं, खुशी छौं, हाँसेका छौं र हाम्रो सम्बन्ध केवल विश्वास, सम्मान र प्रेममा अघि बढेको थियो । अब हामी हाम्रो जीवनको नयाँ अध्याय सुरू गर्न लागेका छौँ । अब हामी पति र पत्नीको रूपमा होइन तर सह-अभिभावक र एक अर्काको परिवारको रूपमा बाँच्नेछौं। हामीले केहि समय पहिले नै अलग हुने निर्णय गरेका थियौं र अब हामी अलग भएका छौं’ ।

किरण राव बलिउड स्टार आमिरका दोस्रो पत्नी हुन् । ५६ वर्षीय आमिर खानले २००५ मा किरण रावसँग विवाह गरेका थिए । आमिरले यसभन्दा पहिले सन् १९८६ मा रीना दत्तासँग विवाह गरेका थिए। आमिर र रीनाका दुई छोरा, जुनैद र आइरा खान छन्। २००२ मा आमिर र रीनाको सम्बन्धविच्छेद भएको थियो ।

आमिर खान अब उनको आगामी फिल्म ‘लाल सिंह चड्ढा’ मा देखा पर्नेछन् जुन यस वर्ष क्रिसमसमा रिलीज हुने बताइएको छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0