Homeराजनिती

नयाँ मन्त्रीहरूले लिए सपथ, कस्ले कुन मन्त्री पाए?

नयाँ मन्त्रीहरूले लिए सपथ, कस्ले कुन मन्त्री पाए?

काठमाडाै- प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। नयाँ मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २

बालेनको अग्रता कायमै, केशवसँग गठबन्धनकाे मतान्तर ११३ मात्रै
मन्त्री बनेका जसपाका ४ नेता प्रदेश सभाबाट हटाइए
प्रधानमन्त्रीलाई विश्वासको मत हाल्छाैं: रामकुमारी झाँक्री

काठमाडाै- प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। नयाँ मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ जना राज्यमन्त्री छन्।

पुनर्गठित मन्त्रिपरिषदमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्री बनेका छन्। उनीहरूले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन्।

त्यस्तै बसन्त नेम्वाङ भौतिक पूर्वाधार तथा यातायत, कृष्णगोपाल श्रेष्ठ शिक्षा र लीलानाथ श्रेष्ठ कानून मन्त्रीका रुपमा यथावत रहनेछन्। शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। जसपाबाट महतोबाहेक ७ जनाले मन्त्री र २ जनाले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्।

प्रधानमन्त्रीले साथ दिनेलाई मन्त्री उपहार दिएका छन् । ओलीलाई साथ दिए बापत दम्पतीले नै मन्त्री पाउनेमा महासेठ र महतो मात्रै होइनन् । माधव नेपालको गुट छोडे बापत शेरबहादुर तामाङ र उषाकला राईले पनि मन्त्री पद पाए ।

शुक्रबार तामाङ स्वास्थ्य मन्त्री बने । तामाङको पनि ओली सरकारमा दोस्रो इनिङ हो । २०७४ मा तामाङ कानून मन्त्री बनेका थिए । तर अभिव्यक्ति विवादमा परेपछि उनले राजीनामा दिएका थिए । नेकपा विभाजित हुँदा गुट फेरेर ओलीतिर लागेपछि तामाङ स्वास्थ्य मन्त्री बनेका छन् ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0