Homeराजनिती

प्रधानमन्त्रीलाई विश्वासको मत हाल्छाैं: रामकुमारी झाँक्री

प्रधानमन्त्रीलाई विश्वासको मत हाल्छाैं: रामकुमारी झाँक्री

काठमाडौं- नेकपा एमाले माधव नेपाल समूहकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन् ।सांसद झाँक्रीले प

स्थानीय तह : बजेटमा सधैँ अटेरी
नवनिर्वाचित मेयर बालेन्द्र शाह शपथ भाेली सोमबार
नेप्से बढे पनि सबै कम्पनीहरुको सेयर मूल्य बढेन्

काठमाडौं- नेकपा एमाले माधव नेपाल समूहकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन् ।

सांसद झाँक्रीले प्रतिनिधि सभालाई पूरा कार्यकाल सञ्चालन गर्नका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताएकी हुन् । ‘हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं,’ झाँक्रीले भनिन् ।

झाँक्रीले निवेदक सांसदले मात्र नभई संस्थागत रुपमै निर्णय गरी एमालेले फ्लोरमै बसेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने प्रस्तावसमेत गरेकी छन् ।

प्रधानमन्त्री देउवाले आज अपराह्न बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मत लिंदैछन् । प्रधानमन्त्रीले विश्वासको मत पाउन जनता समाजवादी (जसपा) र एमालेको माधव समूहका सांसदको साथ आवश्यक छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0