Homeमनाेरञ्जन

प्रकाश सपूतकाे सन्देश ‘कलाकार भएर पनि कार चढ्न सकिन्छ हैं’

प्रकाश सपूतकाे सन्देश ‘कलाकार भएर पनि कार चढ्न सकिन्छ हैं’

ज्ञान राज-काठमाडाै- बाेल माया, दाेहरी ब्याटल, गल्बन्दी बाट छुटै पहिचान बनाएका कलाकार प्रकाश सपूतले नयाँ कार किनेका छन् । कारकाे फाेटाे समाजिक संजा

चलचित्र नायक शाहविरुद्ध गायिकाले दिइन् प्रहरीमा उजुरी
सही कार्य गर्नुको निम्ति समय गलत हुँदैन: अभिनेत्री मिरुना मगर
गौतमबुद्ध क्रिकेट रंगशालालाई आर्थिक सहयोग जुटाउन मेची-महाकाली अभियान सुरु

ज्ञान राज-

काठमाडाै- बाेल माया, दाेहरी ब्याटल, गल्बन्दी बाट छुटै पहिचान बनाएका कलाकार प्रकाश सपूतले नयाँ कार किनेका छन् । कारकाे फाेटाे समाजिक संजालमा राख्दै उनले गीत संगीतमा मिहिनेत गर्न सक्ने हो भने सर्जकले जीवनलाई सहज रुपमा जिउन सकिन्छ भन्ने सन्देश दिएका छन् ।

नेपाली गीत संगीतमा राम्रो क्रेज बनाएका कलाकारहरुको फेरिदो जीवनशैलीले पनि यो कुराको पुष्टी गर्दछ । यो क्षेत्रमा नाम चलेका र दर्शकले रुचाएका सर्जकहरुका लागि काठमाडौंमा घर र गाडी अब सपना बन्न छाडेको छ । पछिल्लाे उदाहरण हुन् प्रकाश सपूत ।

नेपाली सांगीतिक क्षेत्रमा छाप छाेड्न सफल प्रकाश सपूतले २ बर्ष अगाडि काठमाडौंमा घर किने । बाेल माया, दाेहरी ब्याटल, गल्बन्दी गीतले लोकप्रियता कमाएपछि प्रकाशलाई स्टेज कार्यक्रमदेखि म्यूजिक भिडियोमा भ्याई नभ्याई छ ।

प्रकाश सपूतले हुन्डाइको नयाँ कार किनेका छन् । समाजि संजालमा प्रकाशले लेख्छन् ‘सपना देख्नेहरुलाई प्रेरणा हुनसक्छ । कलाकार मात्रै भएर पनि कार चढ्न सकिन्छ है ।

उनी आफूले सकेसम्म देखावटी कुराहरु नचाहने तर यस्ता कुराहरुले कतिपय मानिसहरुलाई प्रेरणा पनि मिल्ने बताउँछन् । ‘यस्ता कुराहरुले कतिपय मानिसहरुलाई दुःखी पनि तुल्याउन सक्छ । तर त्यही कुराले कतिपय मानिसहरुलाई प्रेरणा पनि मिल्न सक्छ’ उनले अनलाइनखबरसँग भने, ‘त्यो मान्छे पनि हामीजस्तै हो । हाम्रै स्तर, हाम्रै धरातलबाट गएको हो । त्यसले गर्न सक्छ भने हामी पनि गर्न सक्छौं भन्ने खालको प्रेरणा पनि मिल्न सक्छ । यसकारण मैले कार किनेको तस्वीर सामाजिक संजालमा शेयर गरेको हुँ ।’

 

COMMENTS

WORDPRESS: 0
    DISQUS:0