Homeमनाेरञ्जन

किन हुन्छ प्रकाश सपूतकाे सबै गित सुपर हिट?

किन हुन्छ प्रकाश सपूतकाे सबै गित सुपर हिट?

ज्ञान राज-काठमाडाै- गायक प्रकाश सपूत यति खेर फेरी चर्चामा छन् । पछिल्लो पटक प्रकाश सपुतद्वारा लिखित, लयबद्ध र निर्देशित तिज गीत ‘कुरा बुझ्नुपर्च’

मुख्यमन्त्री र मिस मंगोलकाे बिवाह: समाजिक संजालमा बधाई ओइरो
गायक प्रकाश सपुतकाे नयाँ गित ‘नभन विदेशी’ ट्रेन्डिङमा
ओस्करबाट विल स्मिथमाथि १० वर्षको प्रतिबन्ध, के के लाग्याे प्रति प्रतिबन्ध?

ज्ञान राज-

काठमाडाै- गायक प्रकाश सपूत यति खेर फेरी चर्चामा छन् । पछिल्लो पटक प्रकाश सपुतद्वारा लिखित, लयबद्ध र निर्देशित तिज गीत ‘कुरा बुझ्नुपर्च’ बजारमा ल्याएका छन् ।

प्रकाश सपूत भन्ने बित्तिकै दर्शकले नयाँ पन खाेजिरहेका हुन्छन् । यस पटक पनि उनले नेपाली समाजमा देखिने घटनालाई गितमा देखाउन खोजेका छन् ।

समीक्षा अधिकार र शान्तिश्री परियारको स्वरमा रहेको ‘कुरा बुझ्नुपर्च’ गीत अहिले सम्मको गीतहरु भन्दा फरक छ ।

कुनै पनि गीत युट्युब ट्रेन्डिङमा आउँदैमा राम्रो भन्न मिल्दैन् । तर प्रकाश सपूतको पृष्ठभुमी अलि फरक छ । प्रकाश सपूत हतारमा गीत बजारमा ल्याउँदैन्न् । केहि समय लगाएर फरक बिषय उठान गर्ने उनको शैली अन्य सर्जकको भन्दा फरक चाहिँ पक्कै पनि छ ।

नेपाली दोहरी गीतलाई ब्याटलको रुपमा ल्याएर होस या एउटा गाँउघरको सस्कृतीलाई गीत मार्फत देखाउन उनी अब्बल छन् । कुनै एउटा बिषय बस्तुलाई गीत मार्फत फिल्मको अनुभुति गराउने सपूतको कुशलता हो ।

कुरा गरौ किन प्रकाश सपूतको गीत सबै युट्युब ट्रेन्डिङमा आउँछ? किन बहसको बिषय बन्छ? पकैपनि उनले केही न केही नयाँ फरक गीत दिन पछि परेका छैनन् । चाहे दोहरी ब्याटलमा श्रीमान श्रीमतीको बिचको बिषय बस्तु होस्, चाहे त्यो बोल मायाँको पर्देशीको ब्याथा होस या बदलाको त्यो महिलाको बिषय बस्तु होस हरेक प्रतुतिमा नयाँ पन भएर नै दर्शकले रुचाए छन्।

पुरा फिल्ममा जस्तो सबै बिषय बस्तु प्रतुत भएकाे नदेखिएको कुरामा दुई मत देखिदैन् । तर हरेक प्रतुति जस्तै ‘कुरा बुझ्नुपर्च’ मा प्रकाश सपूतले केहि हदसम्म आधुनिक नेपाली केटीहरूको सपना चित्रण गर्ने प्रयास गरेका छन् । समाजिक संजालमा गितले दर्शकको राम्रो प्रशंंसा पाएको छ । साथै युट्युब ट्रेन्डिङको एक नम्बर सँगै छोटो समयमा नै करोड क्लबमा प्रबेश गरेको छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0