Homeसूचना-प्रविधि

एप्पलले सार्वजनिक गर्यो आइफोन १३, के के छन् बिषेश्ता?

एप्पलले सार्वजनिक गर्यो आइफोन १३, के के छन् बिषेश्ता?

काठमाडौं- एप्पलले आफ्नो प्रयोगकर्ताहरुको लामो पर्खाइलाई अन्त्य गर्दै नयाँ संस्करणका आइफोन लगायतका विभिन्न प्रडक्टहरु सार्वजनिक गरेको छ ।क्यालिफोर

वर्ल्डलिङ्ककाे प्याकेज, ७९९ मै टिभी र इन्टरनेट
बौद्धिक सम्पत्ति चोरीको उजुरीका चाङ
टेलिकमद्वारा दसैँ अफर जारी, २९४ मा २० जीवी डाटा

काठमाडौं- एप्पलले आफ्नो प्रयोगकर्ताहरुको लामो पर्खाइलाई अन्त्य गर्दै नयाँ संस्करणका आइफोन लगायतका विभिन्न प्रडक्टहरु सार्वजनिक गरेको छ ।

क्यालिफोर्निया स्ट्रिमिङ नामक उक्त अनलाइन समारोहमा एप्पलले एकसाथ आइफोन १३ सिरिजसँगै आइप्याड २०२१, नयाँ आइप्याड मिनी र एप्पल वाच ७ सिरिज पनि ल्याएको हो ।

नयाँ सिरिज अन्तरगत आइफोन १३, आइफोन १३ प्रो र आइफोन १३ म्याक्स र सानो आकारको आइफोन १३ मिनी गरी चार वटा मोडेल छन् ।

आइफोन १३ को हकमा एप्पलले आइफोन १२ को डिजाइनमा कुनै परिवर्तन गरेको छैन, त्यसैले यो आइफोन १२ जस्तै देखिनेछ । फोनमा १२ मेगापिक्सेलको क्यामरा तथा A15 बायोनिक चिपसेट रहेको छ । जुन सिक्स कोर चिपसेट हो । आइफोन १२ को तुलनामा आइफोन मिनीमा साढे २ घण्टा बढी ब्याट्री ब्याकअप हुने एप्पलको दाबी छ ।

आइफोन १३ मिनीको सुरुवाती मूल्य ६९९ डलर तोकिएको छ भने आइफोन १३ को सुरुवाती मूल्य ७९९ डलर तोकिएको छ । आइफोन १३ मा ६.१ इन्चको डिस्प्ले हुनेछ भने मिनी मोडेलमा ५.४ इन्चको डिस्प्ले रहनेछ । आइफोन १३ तथा आइफोन १३ मिनीका अन्य फिचरमा

फाेनका बिषेश्ता यस्ता छन्:

आइफोन १३ सिरिजका सबै मोडेलमा फाइभ जी सपोर्ट रहेको छ । शक्तिशाली तथा उत्कृष्ट डुअल रियर क्यामरा छन् भने सुपर रेटिना एक्सडिआर ओएलइडी डिस्प्ले रहेकाे बताएकाे छ । आइफोन १३ सिरिजमा ६४ जिबीको स्टोरेज हुनेछैन । यसमा न्यूनतम १२८ जिबीदेखि अधिकतम ५१२ जिबीको विकल्प हुनेछ । नयाँ सरिजकाे फाेनमा आधा घण्टा पानीमा रहदा पनि केही नहुने कम्पनीले जनाएकाे छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0