Homeमुख्य समाचार

मन्त्रीबारे छलफल गर्न गठबन्धनको बैठक, ७ जना आजै मन्त्री हुने

मन्त्रीबारे छलफल गर्न गठबन्धनको बैठक, ७ जना आजै मन्त्री हुने

काठमाडाै- सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक बोलाइएको छ । सोमबार विहान ११ बजे पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका सात दलको बै

उपत्यका भित्रिने र बाहिरिने यात्रुसँग तीन गुणासम्म बढी भाडा असुली
नेपाली टोली मानवीय सहायता सामग्री बोकेर अफगानिस्तान प्रस्थान
लाइसेन्सको नयाँ आवेदन जेठ १ बाट खुल्ने

काठमाडाै- सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक बोलाइएको छ । सोमबार विहान ११ बजे पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका सात दलको बैठक बोलाइएको हो ।

संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति सहभागी हुने छन् ।
उक्त सात दल र तीन जना स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनसहित प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । मन्त्रीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बोलाएको बुझिएको छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0