Homeखेलकुद

ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जित्यो कोपा अमेरिका २०२१

ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जित्यो कोपा अमेरिका २०२१

खेलकुद- ब्राजिललाई हराउदै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जितेको छ। आइतबार विहान भएको कोपा अमेरिका २०२१ को उपाधि भिडन्तमा चिरपरिचित प्रत

कतार विश्वकप मेस्सी र रोनाल्डोकाे लागि अन्तिम?
क्रिकेट: कुन खेलाडी कुन श्रेणीमा, कति हुन्छ तलब?
बार्सिलोना क्लबमा नरहने लियोनेल मेस्सी कुन कल्ब जालान्?

खेलकुद- ब्राजिललाई हराउदै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जितेको छ। आइतबार विहान भएको कोपा अमेरिका २०२१ को उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई १-० गोलले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो।

सन् १९९३ पछि एन्जल डि मारियाले गाेल गरे सँगै मुख्य प्रतियोगिताको पहिलो उपाधि जित्ने अर्जेन्टिना भयाे । मारियाले घरेलु टिम ब्राजिलविरुद्ध खेलको २२ मिनेटमा गोल गरेका थिए। डि पाउलले दिएको लामो पासमा डि मारियाले उत्कृष्ट गोल गर्दा घरेलु टिम स्तब्ध बनेको थियो।

५५ मिनेटमा अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले एमी मार्टिनेजले रिचार्लीसनको प्रहारलाई विफल पारिदिएका थिए। खेल सकिन एक मिनेट बाँकी छदा मेसीले डिबक्स भित्र गोल गर्ने सुन्दर मौका खेर फालेका थिए।

अर्जेन्टिना सन् २००४ यता चार पटक फाइनल पुगेको थियो। सन् २००४ र २००७ मा ब्राजिलसँग फाइनलमा हारेको अर्जेन्टिना सन् २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित हुन परेको थियो। यस्तै सन् २०१४ को विश्वकपको उपाधि भिडन्तमा जर्मनीसँग पराजित हुँदा अर्जेन्टिना उपाधिविमुख भएको थियो।

मेसीले २००७, २०१५ र २०१६ को कोपा फाइनल र सन् २०१४ को विश्वकपको फाइनल खेलेका थिए। उपाधिसँगै अर्जेन्टिनाले २८ वर्ष लामो उपाधि खडेरी तोडेको छ भने सन् २००४ यता पाँच पटक फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको पीडामा मलम लगाएको छ।

 

COMMENTS

WORDPRESS: 0
    DISQUS:0