काठमाडौ-संगम अधिकारी,बिश्वब्यापी महामारी बनेको कोरोना भाइरसका कारण बर्ष २०७७ मा नेपालको पनि थुप्रै क्षेत्र थला परे जुन आज सम्म पनि उठ्न सकेका
काठमाडौ-
संगम अधिकारी,
बिश्वब्यापी महामारी बनेको कोरोना भाइरसका कारण बर्ष २०७७ मा नेपालको पनि थुप्रै क्षेत्र थला परे जुन आज सम्म पनि उठ्न सकेका छैनन्। यसरी लकडाउनले सबै क्षेत्र ध्वस्त पारेपनी नेपालको संगीत क्षेत्र भने लकडाउन सकिए संगै राम्रो हुँदै गयो। अन्य क्षेत्रमा जस्तो यसले ठुलो घाटा बेहोर्नु परेन। केही आशाका किरणहरु देखा परे।
बर्ष २०७७ मा नेपालमा ५ सय भन्दा बढी गीतहरु सार्वजनिक भए । तर, केही गीतले मात्र दर्शक तथा श्रोताको मन जिते । अधिकांश गीतमाथिको निर्माताको लगानी स्वाहा भयो । केही चर्चित नायक नायिकाले अभिनय गरेको गितले पनि राम्रो भ्युज पाएन।
• युट्युब भ्यूज, टिकटक तथा बजारमा चर्चा र स्तरीयताका आधारमा बर्ष २०७७ का उत्कृष्ट १५ हिट गीतहरुको बारेमा चर्चा गरौं :
१. फुलबुट्टे सारी
बर्ष २०७७ को सबैभन्दा ब्लकबटर हिट गित बन्यो ‘फुलबुट्टे सारी’। राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको ‘फुलबुट्टे सारी’ को मेल, फिमेल, चाईल्ड र लेजेन्डरी गरि ४ भर्सन निस्किए । गितले अनेकौं रेकर्ड राख्न सफल भयो। सबै भर्सनमा मध्य पनि पाँच महिना अगाडि सार्वजनिक ‘फुलबुट्टे सारी’ गीतको फिमेल भर्सनले युट्युबमा ४ करोड ८० लाख बढी भ्यूज पाएको छ । फिमेल भर्सनमा मिलन नेवारले स्वर दिएकी छन् भने पल शाह र मलिका महतले भिडियोमा अभिनय गरेका छन् । हाल एक अफ्रिकन गायिकाले कभर गाएपछी यो गित फेरि अझ चर्चामा छ।
२. टाढा भएपनि
यो वर्ष चर्चामा रहेको अर्को गीत हो, ‘टाढा भएपनि’ । उर्गेन दोङको शब्द तथा संगीत र अस्मिता अधिकारीको स्वरमा सार्वजनिक ‘टाढा भएपनि’ले दुई महिनामा युट्युबमा २ करोड ६५ लाख भ्यूज पाएको छ । यो गीतको भिडियोमा पनि पल शाह र मलिका महतको अभिनय छ ।
३. ए है माया
‘ए है माया’ बोलको गीत पनि यो वर्ष राम्रो चल्यो । सरोज ओलीको शब्द, दीपक शर्माको संगीत, मेलिना राई र सरोज ओलीको स्वरमा रहेको गीतले युट्युबमा २ करोड ६५ लाख भ्यूज पाएको छ । यसको भिडियोमा पल शाह, रियाशा दाहाल, सागर लम्साल, सुधिर श्रेष्ठको अभिनय छ ।
४. के माया लाग्छ र
यो वर्ष निकै चलेको अर्को गीत हो, ‘के माया लाग्छ र ?’ । हर्क साउदको शब्द, निशान भट्टराई र एलिना चौहानको स्वर रहेको गीतलाई स्रोता तथा दर्शकले निकै रुचाए । टिकटकमा समेत यो गीत निकै चर्चित बनेको थियो । यो गीतले युट्युबमा २ करोड ३ लाख बढी भ्यूज बटुलेको छ ।
५. ओए काजल
चक्र बमको शब्द, संगीत र स्वरमा रहेको ‘ओए काजल’ पनि यो वर्षको चर्चित गीत हो । चक्र र गीता ढुंगानाको अभिनय रहेको गीतले २ करोड बढी भ्यूज पाइसकेको छ ।
६. नबोली नबोली
यो वर्ष चर्चामा रहेको अर्का गीत हो, ‘नबोली नबोली’ । प्रविन बेडवाल र समीक्षा अधिकारीको स्वरमा सार्वजनिक गीतले राम्रो चर्चा पाएको थियो । यस गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको छ । सुधिर श्रेष्ठ र गरिमा शर्मा अभिनित गीतको भिडियोको भ्यूज २ करोड नजिक छ ।
७. मिनिरल वाटर
सरोज ओली र अस्मिता अधिकारीको स्वरमा रहेको ‘माया गरौंला’ बोलको गीतले पनि राम्रो चर्चा पायो । भिम विष्ट, जिवेश गुरुङ, एलिना चौहान र रचना रिमालको स्वर रहेको ‘मिनिरल वाटर’बोलको गीतलाई पनि स्रोता तथा दर्शकले रुचाए । यी दुबै गीतले युट्युबमा १ करोड ९३ लाख भ्यूज पायो।
८. पछ्यौरी लिसियो
दोहोरी गीत ‘पछ्यौरी लिसियो’लाई स्रोता तथा दर्शकले रुचाए । रविन लामीछानेको शब्द, अर्जुन सापकोटाको संगीत रहेको गीतमा समीक्षा अधिकारी, रविन लामिछाने र अर्जुन सापकोटाले स्वर दिएका छन् । युट्युबमा यो गीतले चार महिनामा १ करोड ८३ लाख बढी भ्यूज पाएको छ ।
९. माया मारेर
लकडाउनको समयमा सार्वजनिक गीत ‘माया मारेर’ पनि दर्शकको मनमा बस्न सफल भयो । नरेश खातीको शब्द तथा संगीतमा, नरेश र समीक्षा अधिकारीको स्वर रहेको गीतले हालसम्म युट्युबमा १ करोड ७० लाख भ्यूज बटुलेको छ ।
१०. झ्यालमा पर्दा छ
यसवर्ष अर्को लोकदोहोरी गीत ‘झ्यालमा पर्दा छ’ले पनि राम्रो चर्चा पायो । नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीतमा रहेको गीतलाई खेम र सुमन थापा मगरले गाएका छन् । सार्वजनिक भएको ६ महिनामा गीतको भिडियोले युट्युबमा १ करोड ४७ लाख बढी भ्यूज पाएको छ ।
११. सोचे झै जिन्दगी रैनछ
‘सोचे झै जिन्दगी रैनछ’ यो वर्षको अर्को हिट गीत हो । नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीत, खेम र मधु क्षेत्रीको स्वर रहेको गीतले युट्युबमा १ करोड ४६ लाख बढी भ्यूज पाएको छ । यो गीतको भिडियोमा अञ्जली अधिकारी, ओबी रायमाझी, लोमश शर्मा, रुबिना अधिकारीको अभिनय छ ।
१२. देखेर तिमीलाई
‘देखेर तिमीलाई’ बोलको गीतलाई स्रोता÷दर्शकले उत्तिकै रुचाए । हर्क साउदको शब्द, सुजन चापागाँई र विद्या तिवारीको स्वर रहेको गीतको सबै पाटोलाई दर्शक तथा श्रोताले रुचाए । ८ महिना अगाडि सार्वजनिक यो गीतले युट्युबमा १ करोड ४३ लाख बढी भ्यूज पाएको छ ।
१३. चौकादाउ
पछिल्लो समय चर्चामा रहेको लोकदोहोरी गीत हो, ‘चौकादाउ’ । शान्तीश्री परियार र बाबुकृष्ण परियारको स्वर रहेको गीतलाई विजय चन्द दर्पणले रचना गरेका हुन् । गीतमा गायक बाबुकृष्णले नै संगीत भरेका छन् । सुनिल क्षेत्री र गीता ढुंगाना अभिनित गीतको भिडियोले सार्वजनिक भएको डेढ महिनामा १ करोड २२ लाख बढी भ्यूज पाएको छ ।
१४. उनको प्रीति
राष्ट्रकवि माधवप्रसाद घिमिरेको रचना, नारायण रायमाझीको संगीत, प्रविन बेडवाल र रचना रिमालको स्वरमा सार्वजनिक ‘उनको प्रीति’ बोलको गीतले पनि यसवर्ष राम्रो चर्चा पायो । गीतले हालसम्म १ करोड ७ लाख भ्यूज पाएको छ ।
प्रकाश सपूत र अनिता चलाउनेको स्वरमा ‘फुटेका चुरा’बोलको गीतलाई पनि स्रोता तथा दर्शकले रुचाए । प्रकाशकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा नम्रता श्रेष्ठ, प्रकाश सपूत, कविता नेपाली, अनिता चलाउने लगायतको अभिनय छ । गीतको भिडियोले युट्युबमा १ करोड ४ लाख बढी भ्यूज पाएको छ ।
COMMENTS